मंसिर १८, काठमाडौं । बिहीवार कारोबारको दोस्रो घण्टामा नेप्से परिसूचक ५ दशमलव ४० अंकले घटेर २ हजार ०६५ दशमलव ६३ विन्दुमा पुगेको छ ।
कारोबार शुरु भएको ९ मिनेटमा परिसूचक २ हजार ११८ दशमलव ४१ विन्दुसम्म पुगेको थियो । सो पश्चात ओरालो लागेको नेप्से कारोबारको दोस्रो घण्टामा शून्य दशमलव २६ प्रतिशतले घटेको छ ।
दोस्रो घण्टाको अवधिमा १९७ ओटा कम्पनीको रू. ४ अर्ब ३६ करोड ४ लाख बराबरको शेयर खरीदविक्री भएको छ । उक्त कारोबार ३४ हजार १६ पटकको व्यापारमा भएको हो ।
कारोबारको दोस्रो घण्टामा अपर तामाकोशी हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक वृद्धि भएको छ । यस अवधिमा उक्त कम्पनीको शेयरमूल्य ९ दशमलव ९५ प्रतिशतले वृद्धि भएर प्रतिकित्ता शेयरमूल्य रू. ४३१ कायम भएको छ ।
दोस्रो घण्टामा कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये होटल्स, जलविद्युत र लघुवित्त समूहको परिसूचक बढेको छ भने बाँकी बैंकिङ, व्यापार, विकास बैंक, वित्त, निर्जीवन बीमा, जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य र म्युचुअल फण्ड समूहको परिसूचक घटेको छ ।
यस अवधिसम्म नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ७९ करोड ७५ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. १ हजार ७५० मा कारोबार भइरहेको छ ।
कारोबार रकमकै आधारमा सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीमा नेपाल दूरसञ्चार कम्पनी रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता रू. १ हजार २८९ मा रू. २४ करोड २७ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।