ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

११ ओटा लघुवित्त कम्पनीले गरे लाभांश प्रस्ताव, सबैभन्दा बढी वोमी लघुवित्तको 

२०७७ मंसिर, १८  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर १८, काठमाडौं । ११ ओटा लघुवित्त कम्पनीहरुले शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । ती कम्पनीहरुले गत आव २०७६/ ७७ को मुनाफाबाट यस वर्ष शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । 

लाभांश वितरण गरेका ११ ओटा कम्पनीहरुमध्ये सबैभन्दा बढी वोमी लघुवित्त वित्तीय संस्थाले ३० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको मंसिर १६ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । 

कम्पनीले अघिल्लो आवको मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । त्यसैगरी दोस्रोमा छिमेक लघुवित्त वित्तीय संस्थाले २२ प्रतिशत बोनस शेयर र ७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

लाभांश वितरण गर्ने प्रस्ताव गरेका ११ ओटा कम्पनीहरुमध्ये फर्स्ट माइक्रोफाइनान्स र आरएमडिसी लघुवित्तले साधारण सभा मिति तय गरेका छन् । फर्स्ट माइक्रोफाइनान्सले बिहीवार साधारण सभा आयोजना गरेको छ । सभाले ९ दशमलव ५ प्रतिशत बोनस शेयर र ४ दशमलव १८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।  

त्यसैगरी, आरएमडिसी लघुवित्त कम्पनीले मंसिर २२ गते साधारण सभा आयोजना गरेको छ । सभाले १५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

ती कम्पनीहरुले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि र साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् । विगत केही दिनदेखि बढेको बजारमा लघुवित्त कम्पनीको शेयरमा लगानीकर्ताको आर्कषण बढेको देखिन्छ । बुधवार लघुवित्त कम्पनीहरुको शेयर अत्याधिक मात्रमा वृद्धि भएको थियो । 

कतिपय कम्पनीले आकर्षक लाभांश दिएकाले शेयर खरीदविक्री उच्च रुपले भइरहेको छ भने केही कम्पनीले लाभांश दिन बाँकी रहेको छ ।  ती कम्पनीहरुको आधारभूत पक्ष हेरेर राम्रो लाभांश दिने क्षमता भएको कम्पनीमा लगानी गरेको एक लगानीकर्ताले बताए । 

उनले विगत तीन वर्ष अगाडि बजार १ हजार  ८८१ मा नेप्से हुँदा शेयर खरीद गरेको लगानीबाट प्रतिफल पाएर पुनः त्यही पैसा शेयरमा लगानी गरेको बताए । 


                                                                   स्रोत : कम्पनीले प्रकाशित गरेको सूचनामा आधारित

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्