मंसिर १८, काठमाडौं । बिहीवार कारोबारको तेस्रो घण्टामा नेप्से परिसूचक ४ दशमलव ६८ अंकले घटेर २ हजार ०६६ दशमलव ३४ विन्दुमा पुगेको छ । यस अवधिमा नेप्से शून्य दशमलव २३ प्रतिशत घटेको हो ।
तेस्रो घण्टाको अवधिमा १९७ ओटा कम्पनीको रू. ६ अर्ब २९ करोड ११ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।
यस अवधिसम्म नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ९६ करोड ३७ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. १ हजार ७५० मा कारोबार भइरहेको छ ।
तेस्रो घण्टामा कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये जलविद्युत, उत्पादन तथा प्रशोधन र लघुवित्त समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो । जसमध्ये व्यापार समूहको परिसूचक सबैभन्दा बढी ३ दशमलव शून्य ४ प्रतिशतले घटेको छ ।