ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

नेपाल पुनर्बीमा कम्पनीको कारोबार रकममा रेकर्ड ब्रेक, शेयरमूल्यमा भने सामान्य करेक्सन  

२०७७ मंसिर, १८  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर १८, काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबार रकमले बिहीवार रेकर्ड ब्रेक गरेको छ । यो दिन कम्पनीको हालसम्मकै उच्च रकमको शेयर कारोबार भएको हो । 

उक्त कम्पनीको बिहीवार रू. १ अर्ब ११ करोड ४० लाख ८ हजार बराबरको ६ लाख ३५ हजार ८४५ कित्ता शेयर खरीदविक्री भएको छ । बिहीवार रू. ८ अर्ब २ करोड ६० लाख २३ हजार बराबरको शेयर कारोबार भएको बजारमा नेपाल पुनर्बीमा कम्पनीले १३ दशमलव ८८ प्रतिशत हिस्सा ओगटेको हो । यस अघि मंसिर १६ गते कम्पनीको उच्च रकमको शेयर कारोबार भएको थियो ।

त्यस दिन रू. ६५ करोड ७९ लाख ८८ हजार बराबरको ४ लाख ३० हजार ७३५ कित्ता शेयर कारोबार भएको हो ।बिहीवार कारोबार रकममा रेकर्ड ब्रेक भएको कम्पनीको नाफा बुक गर्नेहरु हाबी हुदाँ शेयरमूल्य भने घटेको छ । बिहीवार प्रतिकित्ता रू. २३ ले मूल्य घटेर अन्तिम मूल्य रू. १ हजार ७३५ कायम भएको छ । 

यस दिन अधिकतम रू. १ हजार ८३६ देखि न्यूनतम १ हजार ६८६ सम्म कम्पनीको शेयर खरिद विक्री भएको छ । पछिल्लो समय कम्पनीको शेयरमूल्य निरन्तर बढेको थियो । यो सातामात्र कम्पनीको शेयरमूल्य रू. ३९६ ले बढेको छ । गत साताको अन्तिम दिन बिहीवार कम्पनीको अन्तिम शेयरमूल्य रू. १३३९ रहेको थियो ।

जेठ २८ गते धितोपत्र दोस्रो बजारमा सूचीकृत भएको उक्त कम्पनीले चैत ४ देखि ७ गतेसम्म आईपीओ विक्री गरी चैत २६ गते बाँडफाँट गरेको  थियो । आइपीओपछि कम्पनीको चुक्तापूँजी रू. १० अर्ब पुगेको छ ।

पूँजीबृद्धिको अभियानमा कम्पनीले आर्थिक वर्ष २०७७/ ८८ सम्ममा रू. १० अर्ब ५० करोड चुक्तापूँजी पुर्‍याउने प्रक्षेपण गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट आकर्षक लाभांश सहित हकप्रद निष्काशन गर्ने हल्लाको कारण शेयर खरीद चाप बढी हुदाँ शेयर मूल्य बढेको देखिन्छ । यद्यपि यस विषयमा कम्पनीको आधिकारिक सूचना भने सार्वजनिक भएको छैन । 

आईपीओ विक्री गर्दा आर्थिक वर्ष २०७५/ ७६ को नाफाबाट ५ प्रतिशत बोनस शेयर विक्री गर्ने योजना बनाएको थियो । उक्त वर्ष लाभांश वितरण गर्न बीमा समितिले रोक लगाएपछि पछिल्लो आर्थिक वर्षबाट आकर्षक लाभांश दिने आशा लगानीकर्तामा रहेको छ । साथै पुनर्बीमा क्षेत्रको एउटा मात्र कम्पनी भएकाले आम लगानीकर्ताको लगानीको सुरक्षा गर्नेछ भन्ने विश्वास कम्पनीप्रति लगानीकर्ताहरुको रहेको देखिन्छ ।


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्