मंसिर १८, ह्युस्टन (संयुक्त राज्य अमेरिका) । बोइङ ७३७ म्याक्सले सन् २०१९ मा दुई ओटा ठूला दुर्घटना व्यहोरेसँगै अवरुद्ध उडान सेवालाई बुधवारदेखि सञ्चालनमा ल्याएको छ ।
अमेरिकी विमानले आफ्नो उडानलाई सुरक्षित रहेको प्रमाणित गर्न अमेरिकी राज्य टेक्सासको डल्लासबाट सञ्चारकर्मीहरूसहितको टोलीलाई ४५ मिनेटको उडानपछि ओक्लोहामाको तुल्सामा अवतरण गरेको हो ।
अमेरिकी संघीय उड्डयन प्रशासनले गत महीना बोइङको चौथो पुस्ताको विमान बोइङ ७३७ म्याक्सलाई व्यवसायिक उडानका लागि मार्ग प्रशस्त गरेको थियो ।
इन्डोनेशिया १८९ र इथियोपियामा १५७ गरी ३४६ यात्रुसहित दुर्घटनाग्रस्त भएको म्याक्सले सन् २०१९ को मार्चदेखि आफ्ना विश्वभर रहेका विमानको सेवालाई रोकेको थियो ।रासस/सिन्ह्वा