मंसिर १९, काठमाडौं । नेपाल बङ्गलादेश बैंकले सुविधानगरस्थित सामुदायिक विकास समितिलाई बिहीवार रू. ३ लाख हस्तान्तरण गरेको छ ।
हस्तान्तरण गरिएको उक्त रकम सो समितिले निर्माण गरेको एक सामुदायिक पुस्तकालयका लागि आवश्यक पुस्तक खरीद तथा सोहि पुस्तकालयको व्यवस्थापनका लागि उपयोग गर्ने भएको छ ।
समितिले आफ्नो क्षेत्र भित्र बाटो, ढल, खानेपानी, विजुलीवत्ती, टोल सुधार मर्मत, मन्दिर निर्माण, पार्क उद्यान निर्माण तथा सरसफाईको कार्य अनवरत रुपमा गर्दै आएको छ ।
बैंकका सहायक महाप्रबन्धक सलोनिका सिंह र प्रमुख सञ्चालन अधिकृत सुरेश देवकोटाद्वारा समितिका सचिव हर्क बहादुर भट्टराईलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।
बैंकले आफ्नो संस्थागत नारा नै ‘हामी सबैको बैंक’ अनुसारको उद्देश्य प्राप्तिको लागि समाजका हरेक वर्गका सर्वसाधारणहरुको जीवन स्तरमा उत्थान गर्न सहयोग गर्ने लक्ष्य रहेको जानकारी दिएको छ ।