मंसिर १९, बारा । बारा जिल्लाको पचरौता नगरपालिका ७ बेनौलीस्थित सीमा ईलाकाबाट स्रोत नखुलेको १६ लाखसहित एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बारा जिल्लाको सिम्रौनगढ नगरपालिका ८ बस्ने २३ वर्षिय सैनुल्लाह अन्सारी रहेका छन् ।
बीआर ०५ एजी ८०७५ नम्बरको भारतीय मोटरसाईकलमा सवार निज अन्सारीलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बैनौलीबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा निजले उक्त रुपैयाँको स्रोत खुलाउन नसकेपछि पक्राउ गरेको हो ।
साथै, टोलीले निजले प्रयोग गरेको मोटरसाईकल समेत बरामद गरेको छ ।