ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

विश्वभरका फोटोग्राफरको सृजना अब धन्सार डटकममा 

२०७७ मंसिर, १९  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर १९, काठमाडौं । विश्वभरका फोटोग्राफरका सृजनालाई जनसमक्ष पुर्‍याउने उद्देश्यले साझा मञ्चका रुपमा धन्सार डटकमको शुभारम्भ गरिएको छ । 

अमेरिकाकाको वासिङ्टन डिसीमा मुख्य कार्यालय रहेको धन्सारले विश्वभरका फोटोग्राफरको क्यामेरामा कैद भएका तस्वीर, दृश्य र संगीतलाई सार्वजनिक गर्नेछ । 

शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख धनन्जय रेग्मीले धन्सारको शुभारम्भ गरेका हुन् । उनले यस्तो पोर्टल नेपालमा आजसम्म नभएको, अति नै आवश्यक रहेको र यो पर्यटनसँग पनि जोडिएको बताए । साथै, उनले धन्सारको माध्यमबाट नेपाललाई सन्सारभर चिनाउन सफल हुन्छ भन्ने पूर्ण आशा रहेको पनि बताए । 

नेपालका भौगोलिक अवस्थिति, कला, संस्कृति, सम्पदा विश्वमाझ चिनाउने उपयुक्त माध्यम भएको उनले बताए । कला संस्कृति र प्रकृतिमा नेपाल विश्वमै धनी रहेको उल्लेख गर्दै उनले नेपाल चिनाउने तस्वीर तथा श्रव्यदृश्य सामग्री बोर्डलाई उपलब्ध गराउन पनि आग्रह गरे । 

धन्सारका प्रमुख कार्यकारी अधिकृत विनोद अधिकारीले ‘डिजिटल लाइब्रेरी’का रुपमा आफूहरुले उक्त मञ्च सार्वजनिक गरेको बताए । उनले भने ‘डेढ वर्ष अघिको योजना विदेशीले यस्ता वस्तु स्टक गर्न हामिलाई प्रपोज गयो तर यो काम हामी आफैले किन नगर्ने ? भन्ने सोचेर हामिले यो स्थापना गर्न सफल भयौ ।’ 

धन्सारमार्फत आकर्षक तस्वीर तथा श्रव्यदृश्यको खोजी तथा खरीद गर्न सकिनेछ । आफ्नो सिर्जना विक्री गरेर फोटोग्राफरलाई आम्दानी गर्ने मञ्चका रुपमा पनि धन्सारले काम गर्नेछ । धन्सारमा विभिन्न विधाका तस्वीर तथा श्रव्यदृश्य राख्न सकिने छ । प्रतिदिन एक प्रयोगकर्ताले १० ओटा तस्वीर राख्न सक्ने धन्सारले जानकारी दिएको छ । 

धन्सारमार्फत विक्री भएका तस्वीर तथा श्रव्यदृश्य सामग्रीको शुल्क सम्बन्धित फोटोग्राफरले प्राप्त गर्नेछन् । धन्सारमा तस्वीर तथा श्रव्यदृश्य सामग्री उपलब्ध गराउने व्यक्तिले आफ्नो सृजनाको मूल्य आफँै तोक्न पाउनेछन् । धन्सारमा उच्च गुणस्तरको दृश्य अपलोड गर्न सकिने छ । धन्सारमार्फत उपभोक्ताले गुणस्तरीय तस्वीर तथा श्रव्यदृश्य सामग्री प्राप्त गर्नेछन् । त्यस्तै केही ‘रोयल्टी फ्रि’ सामग्री पनि प्राप्त गर्न सकिनेछ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्