मंसिर १९, काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीले हाल कायम चुक्तापूँजीको १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ३ प्रतिशत नगद लाभांशसमेत गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल बैंकको चुक्तापूँजी रू. ९ अर्ब ७८ करोड ७७ लाख ६७ हजार १३८ रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांशको प्रस्ताव गरेको हो ।
गत शुक्रवार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात मात्र शेयरधनीहरुले लाभांश पाउनेछन् ।