ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

भाषणमै सीमित लगानीमैत्री प्रशासन

२०७७ मंसिर, २६  
पाठक विचार
NA

प्रधानमन्त्रीले नेपालमा लगानीमैत्री वातावरण छ भन्ने कुरा बारम्बार बताइरहेको पाइन्छ । निजीक्षेत्रको समस्या सोध्ने गरेको र सरकार निजीक्षेत्रसँग सहकार्य गर्न तयार रहेको पाइन्छ । त्यस्तै अर्थमन्त्री, उद्योगमन्त्री र अन्य मन्त्रीले पनि नेपालमा लगानी गर्न अत्यन्त उपयुक्त र मुनाफायोग्य रहेको बताउने गरेको पाइन्छ । मन्त्रीका भाषण र अन्तरराष्ट्रिय मञ्चहरूमा वैदेशिक लगानीकर्तालाई स्वागत गरिरहेको पाइन्छ । लगानीकर्ता आए काम गर्न सहज वातावरण दिने प्रतिबद्धता सुन्दा सुन्दर छन् । तर, कर्मचारीतन्त्रको ‘घूस’ खाने र काम नगरिदिने तथा झुलाउने प्रवृत्तिले विदेशी लगानीकर्ता हैरान छन् ।

लगानी लिएर काम गर्न आएकाहरूलाई झन्झटिलो प्रक्रियामा अलमल्याएर निराश पार्ने काम रोकिएको छैन । टेबलमुनिबाट आएको मागमा हात खुकुलो नगर्दा लगानीकर्ता निराश बन्नु परेको पाइन्छ । नेपाल सरकारद्वारा निर्धारित सबै प्रक्रिया पुर्‍याए पनि उनलाई कर्मचारीले झुलाएको झुलायै छन् । नेपालको सरकारी प्रक्रियाबाटै लगानीकर्ताले ३÷४ वर्ष यत्तिकै बिताउनु परेको छ । पोलिसीमा घुम्दाघुम्दै समय बित्ने गरेको छ । यस्तोमा कहिले उद्योग स्थापना गरेर उत्पादन शुरू गर्ने र लगानीकर्ताले मुनाफा पाउने ? मुनाफा गरे पनि त्यो आप्mनो देशमा लैजान फेरि कर्मचारीलाई घूस नखुवाइ लैजान कठिन छ । त्यस्तै, केन्द्र, प्रदेश र स्थानीय तहको अधिकारको बखेडा पनि उत्तिकै समस्या छ । यस्तोमा लगानीमैत्रीको भाषण अर्थहीन देखिन्छ ।

उमेश रिमाल
महाराजगञ्ज, काठमाडौं ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्