ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

नेपालको फिफा वरियता यथावत, बेल्जियम शीर्ष स्थानमा

२०७७ मंसिर, २६  
खेल विविध
Image Not Found

मंसिर २६, काठमाडौं । नेपालको फुटबल बरियता यथावत रहेको छ । विश्व फुटबल महासङ्घ (फिफा) ले सार्वजनिक गरेको वरियताअनुसार नेपाल १७१औं स्थानमा यथावत रहेको छ ।

नेपालले एक महीनायता कुनै पनि अन्तरर्राष्ट्रिय फुटबल प्रतियोगिता खेलेको छैन । बङ्गलादेशबाहेक अन्य दक्षिण एशियाका सबै देशको बरियता यथावत रहेको छ । बङ्गलादेश फिफा बरियतामा दुई स्थान झरेको छ ।

गत साता बङ्गलादेश विश्वकप छनोटअन्तर्गत कतारसित पराजित भएको थियो । दक्षिण एशियाली देशमध्ये भारत १०४औं स्थानमा, माल्दिभ्स १५५, बङ्गलादेश १८६, भुटान १८९, पाकिस्तान २०० तथा श्रीलङ्का २०६औं स्थानमा रहेको छ । 
    
फुटबलको विश्व बरियतामा बेल्जियम शीर्ष स्थानमा यथावत छ । फिफा बरियतामा फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, इङ्ल्याण्ड चौथो, पोर्चुगल पाँचौ, स्पेन छैटौं, अर्जेन्टिना सातौं, उरुग्वे आठौं, मेक्सिको नवौं तथा इटाली १०औं स्थानमा रहेको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्