ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

राष्ट्र बैंकले माग्यो ५० जना नयाँ कर्मचारी

अनलाइनबाटै आवेदन दिन सकिने

२०७७ पौष, ५  
रोजगारी
NA
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न पदमा ५० जना नयाँ कर्मचारीका लागि आवेदन खुलाएको छ । राष्ट्र बैंकको जनशक्ति विभागले प्रशासन सेवा अन्तर्गत तोकिएका ५ पदका लागि पुस ३ देखि २३ गतेसम्म उक्त आवेदन खुलाएको हो । साथै, सो समयमा आवेदन छुटेकाले भने थप दोब्बर दस्तुर तिरेर माघ १ गतेसम्म आवेदन दिन सक्नेछन् ।

केन्द्रीय बैंकले शुक्रवार सूचना सार्वजनिक गर्दै यस्तो आवेदन केन्द्रीय बैंकको वेबसाइटमा रहेको अनलाइन फारमबाटै आवेदन दिने व्यवस्था गरेको बताएको छ ।

राष्ट्र बैंकका अनुसार सहायक निर्देशक अधिकृत तृतीय प्रशासनका लागि ३१ जना नयाँ कर्मचारी मागिएको छ । यसअन्तर्गत १७ जना खुला अन्तर्गत छन् र बाँकी पाँचजना महिला, चारजना आदिवासी जनजाति, दुईजना मधेशी, एकजना दलित र दुईजना पिछडिएको क्षेत्रका लागि आरक्षणसहितको नयाँ कर्मचारी मागेको छ । उक्त पदका लागि त्रिभुवन विश्वविद्यालय वा मान्यताप्राप्त विश्वविद्यालयबाट अर्थशास्त्र, वाणिज्यशास्त्र वा व्यवस्थापन वा जनप्रशासन विषयमा स्नातकोत्तर सरहको परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ ।

यसैगरी, सहायक निर्देशक अधिकृत तृतीय लेखा तथा लेखा परीक्षकका रूपमा पाँचजना नयाँ कर्मचारी मागेको जनशक्ति विभागले बताएको छ । यसअन्तर्गत चारजना खुला र एक सीट आरक्षणमा अपांगता भएको व्यक्तिलाई नयाँ कर्मचारी मागेको छ । उक्त पदका लागि मान्यताप्राप्त राष्ट्रिय तथा अन्तरराष्ट्रिय चार्टर्ड एकाउन्टेन्सी परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ ।

यसैगरी सहायक निर्देशक कानून अन्तर्गत दुईजना आवेदन माग गरिएको छ । यसमा खुलाअन्तर्गत एकजना र आदिवासी जनजातिबाट एकजना आरक्षण छुट्याएको छ । उक्त पदका लागि त्रिभुवन विश्वविद्यालय वा मान्यताप्राप्त विश्वविद्यालयबाट अर्थशास्त्र, वाणिज्यशास्त्र वा व्यवस्थापन वा जनप्रशासन विषयमा स्नातकोत्तर सरहको परीक्षा उत्तीर्ण गर्नुका साथै बीएल समेत उत्तीर्ण गरेको हुनुपर्नेछ ।

यसपछि सहायक द्वितीयको प्रशासन सेवामा १० जना कर्मचारी मागेको छ । यसअन्तर्गत ६ जना खुला एकजना महिला, दुईजना आदिवासी र एकजना मधेशी आरक्षण छुट्याइएको छ ।  यसका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट १० जोड २ वा सोसरह उपाधि हासिल गरेको हुनुपर्ने उल्लेख छ ।

यस्तै, सहायक द्वितीय कानूनका लागि दुईजना कर्मचारी मागिएको छ । यसअन्तर्गत भने एकजना खुला र एकजना महिला कोटा छ । उक्त पदका लागि भने मान्यताप्राप्त शिक्षणबाट कानूनमा दश जोड दुई उत्तीर्ण वा जुनसुकै विषयमा १० जोड दुई उत्तीर्ण गरी कानून विषयमा न्यूनतम २ शैक्षिक सत्र भएको माथिल्लो तहको शैक्षिक योग्यता हासिल गरेको हुनुपर्नेछ ।

उक्त आवेदन दिन र तोकिएका पदको पाठ्यक्रम राष्ट्र बैंकको वेवबसाइट डब्ल्यूडब्ल्यूडब्ल्यू डट एनआरबी डट ओआरजी डट एनपीको करीयरमा राखिएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्