ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

आर्थिक सूचक कसरी सकारात्मक ?

२०७७ पौष, ८  
पाठक विचार
NA

नेपाल द्वैध अर्थव्यवस्था अँगालेको मुलुक हो । यहाँ शहरी औद्योगिक अर्थतन्त्रभन्दा ग्रामीण कृषि अर्थतन्त्रको योगदान ठूलो र दिगो छ । विसं २०६८ को जनगणनाअनुसार ग्रामीण क्षेत्रमा ८२ दशमलव ३ प्रतिशत जनसंख्या बसोवास गर्छन् । तिनीहरूको प्रमुख पेशा कृषि नै हो । यसबाट दैनिक उपभोग्य वस्तु र केही कृषिजन्य कच्चा पदार्थ उत्पादन हुन्छ । कृषिमा आधुनिकीकरण हुन सकेको छैन । औद्योगिक क्षेत्रको अवस्था कमजोर छ । देशको अर्थतन्त्र अस्थायी स्रोत विप्रेषणबाट धानिदै आएको छ । पर्यटन जुन गतिमा बढ्नु पर्ने हो बढ्न सकेको छैन । वन पैदावरबाट हुन सक्ने आम्दानीलाई समयसापेक्ष व्यवस्थापन गर्ने नीति नभएकै कारण यसबाट फाइदा लिनसक्ने अवस्था छैन । जलस्रोतमा लगानीको अभाव र भएका लगानीले उत्पादन समयमा गर्न नसक्दा उत्पादन लागत बढाइरहेका छन, आम्दानी हुन सकेको छैन । यी क्षेत्रहरूलाई सरकारले सबल र उत्पादनमुखी बनाउन सकेको छैन । श्रम निर्यात गरेर आएको विप्रेषणबाट विदेशी मुद्रा सञ्चिति बढ्यो भनेर दंग पर्ने अवस्था छ । कोभिडको सन्त्रासमा पनि अर्थतन्त्र सकारात्मक देखिएको छ । तर, उत्पादनमुखी छैन । कोभिड–१९ का कारण आयात रोकिन जाँदा बढेको विदेशी मुद्राको सञ्चितिमा कति गौरव गर्ने ?

नपालले आजसम्मको दिनमा कुल गार्हस्थ्य उत्पादनको ठूलो अंश लगभग २६÷२७ प्रतिशत व्यापारघाटा बेहोर्दै आएको छ । नेपालको वर्षभरिको निर्यातले १ वर्षलाई पुग्ने पेट्रोलियम पदार्थको अयात धान्न पनि मुश्किल छ । कोभिड–१९ को कारण आयात हुन नसकेकाले २२ प्रतिशत आयात कटौती हुन पुग्यो । यसमा व्यापारघाटा घट्यो भनेर अर्थमन्त्रीले खुशी मनाउनुको अर्थ छैन ।

भु्क्तान सन्तुलन देशले अर्को देशसँग निश्चित अवधिमा गर्ने सम्पूर्ण लेनदेनको अन्तर हो । गतवर्ष नेपालको भुक्तान असन्तुलन हुनको कारण वर्षभरिमा विदेशबाट नेपाल भित्रिएको रकमभन्दा नेपालबाट बाहिरिएको रकम ६७ अर्ब ४० करोडले बढी थियो । यसमा पनि सन्तुलन आएको छ । यसलाई वार्षिक रूपमा सन्तुलन गरी देशको वास्तविक आर्थिक अवस्थाबारे जानकारी लिन सकिन्छ । नेपालमा पछिल्लो ३ वर्षदेखि चालू खाता घाटामा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । तर, अहिले यो पनि बचतमा पुगेको छ । आर्थिक सूचकहरू धेरैजसो सकारात्मक नै देखिन्छ । तर, औद्योगिक वातावरण छैन । उत्पादन बढेको छैन । रोजगारी बढेको छैन । भएको रोजगारी पनि धेरैले गुुमाएका छन् । पर्यटन व्यवसाय अभैm ठप्प छ । यद्यपि पर्यटनमा हुने आय र व्यय दुवै घटेकाले अर्थतन्त्रलाई खासै नकारात्मक पारेको देखिँदैन ।

कोरोनाका कारण देशको अर्थतन्त्र प्रभावित भएपछि देश थप ऋण लिन बाध्य भइरहेको छ । सरकारले विभिन्न शीर्षकमा धमाधम ऋण लिइरहेको छ । आन्तरिक ऋण पनि प्रशस्त उठाइरहेको छ । हुन त नेपालको अवस्थाले थप ऋण समस्या देखिँदैन । भुक्तान सन्तुलन अनुकूल हँुदा अर्थतन्त्र सबल हुँदै जान्छ भने प्रतिकूल हँदा अर्थतन्त्र ऋणको दलदलमा फसी ऋणको धरापमा पर्न सक्छ । नेपाललाई विदेशी ऋणदाताले ऋण पत्याउनु पनि राम्रो हो । अनुदानभन्दा ऋण राम्रो मानिन्छ यद्यपि दुवै खाले सहयोगमा दाताहरूले केही न केही शर्त राखेका हुन्छन् । विप्रेषण आफ्नो देशबाट बाहिरी देशमा गएर कमाएर आप्mनो देशमा पठाएको रकम हो । कोभिड–१९ को अवस्थामा अपेक्षा गरेभन्दा राम्रै स्थितिमा आउनु सकारात्मक कुरा हो । तर, बढेकै चाहिँ होइन । औसतभन्दा बढी विप्रेषण भित्रिए पनि त्यसको कारण औपचारिक प्रणालीमा आएको देखिनुलाई मानिएको छ । त्यसो हो भने धेरै रकम भित्रिएको देखिए पनि साँचीकै बढी विप्रेषण आएको भने होइन भन्न सकिन्छ । त्यही पनि श्रम निर्यात गरेर आएको विप्रेषणमा कतिन्जेल रमाउने ? विप्रेषणमा मात्रै भर परिदिँदा कुनै दिन यो बाटो बन्द भयो भने मुुलुकको अर्थतन्त्रमा निकै ठूलो संकट आउने देखिन्छ । यस्तो विप्रेषणमा विकल्प खोज्न बारम्बार सुझाव दिइए पनि सरकारले यसमा भाषणबाजीबाहेक अरू काम गरेको देखिँदैन । कोरोना कालमा विप्रेषण नघट्दा सरकार दंग परेको देखिन्छ । स्वदेशमै रोजगारी दिने भाषण गरे पनि भित्री आशय भने युवाहरूलाई विदेश पठाउनमै सरकार केन्द्रित रहेको देखिन्छ । देशको सरकारले रोजगारी दिन नसकेर विदेशिन बाध्य बनाएको अवस्थाले विप्रेषण आइरहेको हो । यो देशको कुल गार्हस्थ्य उत्पादनको लगभग ३० प्रतिशतको हाराहारीमा रहेको छ ।  

हरि खड्का, मण्डिखाटार, काठमाडौं ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्