ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सबै सुविधा राजधानीमा मात्रै ?

२०७७ पौष, १०  
पाठक विचार
NA

विश्वका धेरै देशमा हेर्दा राजधानीमा बढी सुविधा हुनु स्वाभाविक लाग्छ । तर, राजधानीभन्दा अन्य शहर बढी विकसित भएका तथा सुविधाहरू बढी भएका केन्द्रहरू हुन्छन् । चीनको बेजिङभन्दा सांघाइ व्यापारिक केन्द्र छ । भारतको दिल्लीभन्दा मुम्बई ठूलो शहर मानिन्छ । तर, नेपालमा भने सबै सुविधा काठमाडौंमा मात्रै थुपार्ने गरिएको छ । फलतः यही सानो खाल्डोभित्र भएभरका वस्तु थुपार्दा धेरै नै गन्जागोल हुने गरेको छ ।

काठमाठौंमा कतै रेल बनाउने त कतै फ्लाइ ओभर बनाउने अनि कतै मोनो रेल आदिको चर्चा छ । अझ अचम्म के छ भने बानेश्वर चोकमा सरकारले ओभर हेड ब्रिज बनाइरहेको छ भने त्यही ठाउँमा फ्लाइ ओभर बनाउने योजना पनि छ । चक्रपथ विस्तारका लागि चीनसँग सम्झौता भएपछि महानगरपालिकाले कलंकी र बसपार्कमा ओभर हेड बनाउन ठेक्का दियो । पछि त्यही भत्काउन अतिरिक्त पैसा लाग्यो, क्षतिपूर्ति पनि दिनुपर्‍यो ।

चक्रपथमा मेट्रो रेल निर्माणका लागि रूट बनाइँदै छ । त्यही स्थानमा त्यसलाई अप्ठ्यारो पर्ने गरी फ्लाई ओभर बनाउने योजना पनि छ । काठमाडांै महानगरका प्रमुख विद्यासुन्दर शाक्य मोनोरेलको योजना सुनाउँदै हिँड्छन् । एकै ठाउँमा निकायपिच्छे योजना बनाउँदा तथा काम गर्दा दोब्बर खर्च लाग्ने गरेको छ भने पछि भत्काउनुपर्दा थप व्ययभार बढ्ने गरेको छ । सरकारी निकायहरूको यस्तो गन्जागोलका कारण सडक पीच भएपछि खानेपानीले खन्ने, खानेपानीले पुरेपछि ढल हाल्नेजस्ता विसंगति दोहोरिइरहेका छन् । यस्तो प्रवृत्ति रोक्न सरकारले कुनै नयाँ सोच र पद्धति अघि सारेको पाइँदैन ।

मोहन अधिकारी
गोंगबु, काठमाडौं

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्