ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

निक्षेप समस्या लामो समय रहन्छ जस्तो लाग्छ

२०७७ पौष, २२  
१० वर्ष अघि
NA

अहिले देखापरेको निक्षेपको अभावको समस्या लामो समय रहन्छ भन्ने मलाई लाग्दैन । विभिन्न खराब परिस्थितिहरू एकैसाथ आइपरेर नै यो अप्ठेरो आएको हो । एउटा राजनीतिक अस्थिरता अर्को कुनै पनि ग्राहकले दश लाखभन्दा बढी जम्मा गर्नुपर्दा स्वेच्छिक रूपमा स्रोत खुलाउनुपर्ने लगायतका कुराले मान्छेमा पैसा बैंकमा राख्नु सुरक्षित छैन कि भन्ने भय पैदा भएको छ । एउटैमात्र कारणले निक्षेप नबढेको पक्कै होइन । यदि एउटै कारणले निक्षेप नबढेको भए त्यो निकै हाइलाइट हुन्थ्यो । तर अवस्था त्यस्तो छैन । कारण विभिन्न छन् र त्यो पत्ता लगाउन गाह्रो भएकै कारण अप्ठेरो कायम रहेको हो । तर पनि अन्य कारणभन्दा राजनीतिक अस्थिरता बढी जिम्मेवार छ कि जस्तो मलाई लाग्छ । अस्थिरताका कारण अनिश्चय बढेको छ र भारततिर पुँजी पलायनलाई बल मिलेको छ । अहिले त्यति ठूलो मात्रामा निक्षेप घटेको पनि छैन तर समयअनुसार जुन अनुपातमा निक्षेप बढ्दै जानुपर्ने हो त्यो भएको छैन । अर्कातिर संख्यात्मक रूपमा बैंकहरू जसरी खुलेका छन् त्यो पनि निक्षेप नबढ्नुको कारण हो भन्ने मलाई लाग्छ । हामीले आफ्नो प्रगतिका लागि गर्नुपर्ने काम गरिरहेकै छौं तर पनि वासलातमै वृद्धि देखाउने अभ्यास चाहिँ कम भएको छ ।

(बैंक अफ काठमाण्डूका प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठसँगको अन्तर्वार्ताबाट)
अंक ३७, २०६७, जेठ ३–९

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्