ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

बुधवार पहिलो घण्टामा १७.७६ अंकले बढ्यो नेप्से (१२ बजेको अपडेट)

२०७७ पौष, २२  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

पुस २२, काठमाडौं । बुधवार कारोबार भएको पहिलो घण्टामा नेप्से परिसूचक १७ दशमलव ७६ अंकले बढेको छ । 
    
२ हजार १७० दशमलव ८३ विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा शून्य दशमलव ८२ प्रतिशतले बढेर २ हजार १८३ दशमलव २६ विन्दुमा पुगेको छ ।   

पहिलो घण्टाको अवधिमा १८५ ओटा कम्पनीको ९ हजार ३७८ पटकको कारोबारमा १९ लाख १३ हजार ४८३ कित्ता शेयरको रू. ९२ करोड ३५ लाख ७१ हजार बराबरको खरीदविक्री भएको छ ।

पहिलो घण्टामा कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो । 

कारोबारको पहिलो घण्टामा स्वाभिमान लघुवित्त र नारायणी विकास बैंकको शेयरमूल्य सर्वाधिक ९ दशमलव ९६ र ९ दशमलव ९४ प्रतिशतले वृद्धि भएको छ । 

यस अवधिसम्म नेपाल दूरसञ्चार कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ६ करोड ४० लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. १ हजार २९९ मा कारोबार भइरहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्