ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

११.५६ अंकले बढेको बजारमा ४ ओटा कम्पनीको शेयरमूल्य ९% भन्दा बढीले वृद्धि (१ बजेको अपडेट)

२०७७ पौष, २२  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

पुस २२, काठमाडौं । बुधवार कारोबार भएको दोस्रो घण्टामा नेप्से परिसूचक ११ दशमलव ५६ अंकले बढेर २ हजार १७७ दशमलव शून्य ५ विन्दुमा पुगेको छ । यस अवधिमा परिसूचक शून्य दशमलव ५३ प्रतिशतले बढेको छ ।   

दोस्रो घण्टामा कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये जलविद्युत समूहको परिसूचक शून्य दशमलव ४३ प्रतिशतले घटेको छ भने बाँकी बैंकिङ, व्यापार, होटल्स, विकास बैंक, वित्त, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त, जीवन बीमा र म्युचुअल फण्ड समूहको परिसूचक बढेको छ ।
    
दोस्रो घण्टाको अवधिमा १९९ ओटा कम्पनीको रू. २ अर्ब १० करोड २० लाख बराबरको खरीदविक्री भएको छ ।

कारोबारको दोस्रो घण्टामा स्वाभिमान लघुवित्त, नारायणी विकास बैंक, प्रभु लाइफ इन्स्योरेन्स र जनउत्थान सामुदायिक लघुवित्तको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । 

यस अवधिसम्म नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ११ करोड ८ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. २ हजार ३९० मा कारोबार भइरहेको छ ।

कारोबार रकमकै आधारमा सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीमा शिखर इन्स्योरेन्स रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता रू. १ हजार ८६० मा रू. १० करोड ९६ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्