ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

महुली लघुवित्तको संस्थापक शेयर विक्रीमा

२०७७ पौष, २२  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

पुस २२, काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले दुई जना संस्थापक शेयरधनीको नाममा रहेको ४ हजार ५४८ कित्ता शेयर विक्री गर्ने भएको हो । 

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार सर्वप्रथम संस्थाका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले कम्पनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र निवेदन दिनुपर्नेछ ।

सोही समय अवधिभित्र इच्छुक आवेदकले कम्पनीको केन्द्रीय कार्यालय अग्नीसाइर कृष्णासबरण ५ महुली, सप्तरीमा पुग्ने गरी निवेदन दिन सक्नेछन् । उक्त समय अवधिभित्र संस्थापकहरुबाट आवेदन नपरेमा प्रचलित नियम अनुसार अन्य व्यक्ति वा संस्थालाई विक्री गर्ने पनि कम्पनीले सूचनामार्फत बताएको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्