ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

३ अर्बको शेयर खरीदविक्री भएको बजारमा शिखर इन्स्योरेन्सको सर्वाधिक कारोबार (२ बजेको अपडेट)

२०७७ पौष, २२  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

पुस २२, काठमाडौं । बुधवार कारोबार भएको तेस्रो घण्टामा नेप्से परिसूचक ६ अंकले बढेर २ हजार १७१ दशमलव ४९ विन्दुमा पुगेको छ । 

शून्य दशमलव २८ प्रतिशतले बढेको बजारमा २०४ ओटा कम्पनीको रू. ३ अर्ब ६ करोड ३७ लाख बराबरको खरीदविक्री भएको छ ।
।यस अवधिसम्म नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. १४ करोड ९६ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. २ हजार ३८८ मा कारोबार भइरहेको छ ।

कारोबार रकमकै आधारमा सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीमा शिखर इन्स्योरेन्स रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता रू. १ हजार ४६४ मा रू. १४ करोड ६४ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।

दोस्रो घण्टामा कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये व्यापार र जलविद्युत समूहको परिसूचक १ दशमलव ४४ र शून्य दशमलव ६२ प्रतिशतले घटेको छ भने बाँकी बैंकिङ, होटल्स, विकास बैंक, वित्त, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त, जीवन बीमा र म्युचुअल फण्ड समूहको परिसूचक बढेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्