ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

आरम्भ चौतारी लघुवित्तद्वारा मर्जर सम्झौता रद्द, बिपिडब्लू र देउराली लघुवित्तलाई प्राप्ति गर्ने सम्झौता

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको कारोबार पनि फुकुवा

२०७७ पौष, २२  
लगानी
NA
author avatar अभियान संवाददाता

पुस २१, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) ले आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको कारोबार फुकुवा  गरेको छ । सिवाईसी लघुवित्त र शालिग्राम लघुवित्त बीच गरेको मर्जर सम्झौता रद्द भएपछि नेप्सेले उक्त कम्पनीको कारोबार फुकुवा गरेको हो ।

सिवाईसी नेपाल र शालिग्राम लघुवित्तलाई गाभ्ने प्रारम्भिक सम्झौता गरेपछि नेप्सेले उक्त कम्पनीको गत असोज ११ गतेदेखि कारोबार रोक्का गरेको थियो । यसैवीच आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले दुई ओटा लघुवित्त कम्पनीलाई प्राप्ति गर्ने सम्झौता गरेको छ ।  

कम्पनीले बिपिडब्लू लघुवित्त वित्तीय संस्था र देउराली लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने नयाँ सहमतिपत्रमा हस्ताक्षर गरेको हो । गत पुस १३ गते प्राप्ति सम्बन्धी सहमति पत्रमा हस्ताक्षर सम्पन्न भएको कम्पनीले बताएको छ ।

आरम्भ चौतारी लघुवित्तले यी दुई कम्पनीलाई प्राप्ति गरेपछि बन्ने कम्पनीको पूँजी रू. ३० करोड ७७ लाख ४८ हजार पुग्नेछ । प्राप्तिपछि सम्पन्न हुने अगाामी साधारण सभाबाट विशेष प्रस्ताव पारित गरी कम्पनीको नाम भिजन लघुवित्त वित्तीय संस्था राख्ने सहमति भएको कम्पनीले बताएको छ ।

आरम्भ चौतारी लघुवित्तको १०० बरावर बिपिडब्लु लघुवित्तको ९५ र देउराली लघुवित्तको ९५(१००ः९५ः९५) हुने गरी स्वाप रेशियो कायम गर्ने सहमति भएको पनि कम्पनीले  बताएको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्