ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सिनर्जी पावरले सम्पन्न गर्‍यो तीन ओटा आर्थिक वर्षको संयुक्त साधारणसभा 

२०७७ पौष, २२  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

पुस २२, काठमाडौं । सिनर्जी पावर डेभलपमेण्ट लिमिटेडले विगत तीन ओटा आर्थिक वर्षको संयुक्त वार्षिक साधारण सभा बुधवार सम्पन्न गरेको छ ।

कम्पनीले आर्थिक वर्ष ०७४/ ७५, ०७५/ ७६ र ०७६/ ७७ को १२ औं, १३ औं र १४ औं वार्षिक साधारण सभा सम्पन्न गरेको हो । तीन आर्थिक वर्षको संयुक्त सभाले ५ प्रतिशत लाभांशसमेत पारित गरेको छ । सभाले कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेको ४ दशमलव ७५ प्रतिशत बोनस शेयर र शून्य दशमलव २५ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गरेको हो । 

सभाले लाभांशसहित तीन ओटा आर्थिक वर्षको वार्षिक प्रतिवेदन समेत पारित गरेको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय नक्साल, काठमाडौंमा सम्पन्न भएको हो । कोभिडको जोखिमका कारण थोरै जनाको उपस्थितिमा सदस्यहरुलाई भर्चुअल माध्यमबाट सहभागी गराई सभा सम्पन्न गरिएको हो ।

यो सभा प्रयोजनका लागि कम्पनीले पुस १२ गतेदेखि २२ गतेसम्म बुक क्लोज गरेको छ । 

यस आधारमा पुस ९ गते बिहीवारसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीले पारित गरेको लाभांश पाउनेछन् । हाल कम्पनीको चुक्तापूँजी रू. ७० करोड रहेको छ । ४ दशमलव ७५ प्रतिशत बोनसपछि यो पूँजी रू. ७३ करोड ३२ लाख ५० हजार पुग्नेछ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्