ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

मौसममा सुधार आएपछि काठमाडौंको वायु प्रदूषणको मात्रामा कमी        

२०७७ पौष, २२  
समाचार
Image Not Found

पुस २२, काठमाडौं । मौसममा सुधार आएसँगै सघीय राजधानी काठमाडौंलगायत मुलुकका विभिन्न स्थानमा दुई दिनदेखि देखिएको वायु प्रदूषणको स्तरमा कमी आएको छ । मौसममा आएको परिवर्तनसँगै सोमवार र मंगलवार काठमाडौंलगायतका स्थानमा वायु प्रदूषणको स्तर अत्यधिक रुपमा बढेको थियो ।     
     
वायु प्रदूषणको स्तर अत्यधिक बढेपछि सरकारले सूचना सार्वजनिक गरी बालबालिका, ज्येष्ठ नागरिक, श्वासप्रश्वास र मुटुका बिरामीलाई सावधानी अपनाउन तथा सकेसम्म घर बाहिर ननिस्कन आग्रहसमेत गरेको थियो । माथि बादल र तल धुलोका कण जम्मा हुँदा धेरै तुवालो देखिएको थियो । भिजिबिलिटी (दृश्यता) पनि निकै कम रहेको थियो ।     

 बुधवारदेखि मौसममा सुधार हुँदै आएको र केही स्थानमा मात्र थोरै बदलीको अवस्था रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बताएको छ । 
हिमपात र पानी पार्ने पश्चिमी न्यून चापीय प्रणाली नेपालमा कमजोर भएका कारण मौसममा सुधार आएको महाशाखाका वरिष्ठ मौसमविद् शान्ति कँडेलले बताइन् ।रासस
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्