ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

व्यावसायिक कृषिका लागि यान्त्रिकीकरण

२०७७ पौष, २२  
प्रदेश ०१
Image Not Found

पुस २२, विराटनगर । परम्परागत निर्वाहमुखी खेती प्रणालीलाई विस्थापित गरी व्यावसायिक कृषितर्फ उन्मुख गराउनका लागि विराटनगर महानगरपालिकाले कृषि यान्त्रिकीकरणलाई प्राथमिकतामा राखेको छ । 

यसका लागि महानगरपालिकाले किसानलाई रू. १० लाख सहयोग प्रदान गर्ने भएको छ । यो सहयोगमा कृषकले रू. १० लाख थपेर कृषि औजार रिपर खरीद गर्ने योजना बनाएको महानगरपालिकाका प्रमुख भीम पराजुलीका प्रेस सल्लाहकार कौशल निरौलाले जानकारी दिए ।

विराटनगर–१९ मा रहेको खापटोलमा स्थानीय कृषकको समूहले २२ बिघा क्षेत्रफलमा गहुँ खेती गरेका छन् । महानगरपालिकाको गहुँपकेट कार्यक्रमअन्तर्गत बरियाली कृषक समूहले खेती गरेका हुन् । समूहमा २५ जना किसान संलग्न छन् । 

त्यहाँ विजय जातको गहुँ लगाएका छन् । खेतीका लागि महानगरको कृषि शाखाले गुणस्तरयुक्त सो जातको बीउबिजन प्रदान गरेको थियो । यसका अलावा कृषकलाई विभिन्न कृषि औजार र व्यवस्थापनमा महानगरले सहयोग गरेको छ ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, कृषि विज्ञ र कर्मचारीसहितको टोलीले गहुँको पकेट क्षेत्रको स्थलगत निरीक्षण गर्दै कृषकका आवश्यकता र स्रोत साधनको व्यवस्थापनसमेतका विषयमा जानकारी लिए ।

सोही अवसरमा कृषकहरुद्वारा आयोजित छलफलमा समेत प्रमुख पराजुली सहभागी भएका थिए । कृषकले गहुँ र धान काट्ने आधुनिक कृषि औजार रिपर उपलब्ध गराइदिन माग गरेबमोजिम महानगरले रू. १० लाख दिने भएको छ । यसमा कृषकले समेत रू. १० लाख थप गरी रू. २० लाखको लागतमा कृषि औजार खरीद गर्ने भएका छन् । 

विराटनगर–१८ र १९ मा कृषि गर्न योग्य क्षेत्र रहेका छन् । महानगरले यी दुवै क्षेत्रमा कृषिका कार्यक्रमहरु केन्द्रित गरेको छ भने कृषकका लागि विभिन्न सेवा दिँदै आएको छ । विराटनगर क्षेत्रमा खाली भूभागमा धान खेती, तरकारी खेती, मकैबाली, गहुँबाली जस्ता बाली लगाउने गरिएको छ भने केही किसानले आँपका बगैँचा पनि लगाएका छन् । 

महानगरपालिकाका प्रमुख पराजुलीले कृषि उत्पादन र उत्पादकत्व वृद्धिका लागि सक्दो सहयोग गर्ने बताए । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्