ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

बेलायतमा नयाँ कारको विक्री ३० वर्षकै न्यून 

२०७७ पौष, २२  
अन्तरराष्ट्रिय
Image Not Found

पुस २२, लन्डन (बेलायत) । बेलायतमा नयाँ कारको विक्री गत वर्ष ३० वर्षकै न्यूनस्तरमा आएको छ । 

सन् २०२० मा त्यहाँ करीब १६ लाख ३० हजार थान कार बिकेका छन् । विक्रीको यो आकार सन् १९९२ यताकै न्यून भएको मोटर उत्पादन तथा व्यापारीहरुको संगठन ‘एसएमएमटी’ले बताएको हो । 

अघिल्लो वर्षको तुलनामा भने यो २९ प्रतिशत कम हो । सन २०१९ मा बेलायतमा २३ लाख थान नयाँ सवारी साधन विक्री भएका थिए । गत वर्ष विक्रीमा आएको यो कमी दोस्रो विशवयुद्धयताकै सबैभन्दा उच्च भएको बताइएको छ ।

गत वर्ष समग्रमा बजारको अवस्था खस्किएको भएपनि विधुतीय सवारी साधनको विक्रीमा भने नाटीकय वृद्धि भएको छ । समीक्षा अवधिमा कार बजारमा विधुतीय सवारी साधनको हिस्सा १ दशमलव ५ प्रतिशतबाट बढेर ६ दशमलव ५ प्रतिशतमा उक्लिएको छ । यस वर्ष कार बजारमा कुन हदसम्म सुधार आउँछ भन्ने गम्भीर प्रश्न रहेको छ । 

कोरोना भाइरसको महामारी नियन्त्रण गर्न लगाइएको लकडाउनका कारण यस वर्ष करीब २० लाख थान सवारी साधन विक्री हुने प्रक्षेपण तुहिने देखिएको छ । एजेन्सी
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्