ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

त्रिवि एलुम्नाई एशोसिएशनको दोस्रो साधारणसभा सम्पन्न

२०७७ पौष, २३  
विविध
NA

काठमाडौं (अस) । त्रिभुवन विश्वविद्यालय (त्रिवि) एलुम्नाई एशोसिएशन नेपालको दोस्रो साधारणसभा बुधवार भर्चुअल माध्यमबाट सम्पन्न भएको छ ।

साधारणसभाको उद्घाटन सत्रको कार्यक्रमलाई सम्बोधन गर्दै त्रिविका उपकुलपति प्राडा धर्मकान्त बास्कोटाले त्रिविलाई अन्तरराष्ट्रिय स्तरमा उत्कृष्ट विश्वविद्यालयको रूपमा परिचित गराउन एलुम्नाई एशोसिएशनसँगको सहकार्य निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे ।

सरकारसँग अनुसन्धानको क्षेत्रमा विश्वविद्यालयले सहकार्यको प्रस्ताव अगाडि सारेको जानकारी गराउँदै उनले एलुम्नाई एशोसिएशनमार्फत आगामी दिनमा अनुसन्धानको क्षेत्रमा कार्य गर्ने र एशोसिएशनलाई त्रिवि नेतृत्वको हैसियतले गर्नुपर्ने जस्तोसुकै सहयोग गर्न तयार रहेको बताए ।

त्रिविका पूर्व उपकुलपति प्राडा तीर्थराज खनियाँले एलुम्नाई एशोसिएशनको महŒव र भूमिकाबारे प्रस्ट पारेका थिए । यस्तै पूर्व उपकुलपतिहरू प्राडा नवीनप्रकाशजंग शाह र प्राडा कमलकृष्ण जोशीले पनि एलुम्नाई एशोसिएशनमार्फत त्रिविले थुप्रै रचनात्मक कार्य गर्न सक्ने बताए ।

कार्यक्रममा मिडिया क्षेत्रबाट मदन लम्साल, निजी क्षेत्रबाट गीता क्षेत्री, औद्योगिक क्षेत्रबाट प्रदीपकुमार श्रेष्ठ, प्राज्ञिक क्षेत्रबाट प्राडा जगदीशप्रसाद अग्रवाल, पूर्व निजामती क्षेत्रबाट दीपेन्द्रपुरुष ढकाल, कृष्णहरि बास्कोटा लगायतले एलुम्नाई एशोसिएशनमार्फत विश्वविद्यालयप्रति भावनात्मक एकताको विकास गर्न सकिने, विश्वविद्यालयलाई अरू क्षेत्रले अनुसरण गर्न सक्ने उदाहरणीय प्राज्ञिक निकायको रूपमा विकास गर्न सकिने धारणा राखेका थिए । कार्यक्रमका वक्ताहरूले विश्वविद्यालयको उन्नयनमा एलुम्नाईहरूको महŒवपूर्ण भूमिका रहन सक्ने र त्यसका लागि संस्थाले कार्ययोजनासहित आफ्ना क्रियाकलापलाई अगाडि बढाउनुपर्ने सुझाव समेत दिएका थिए । साधारणसभाको दोस्रो सत्रमा एशोसिएशनका महासचिव प्राडा. ऋदिशकुमार पोख्रेलले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष डा. कुश्मिला आचार्यले आर्थिक प्रतिवेदन पेश गरेका थिए । साधारणसभाले वार्षिक प्रतिवेदन र आर्थिक प्रतिवेदन स्वीकृत गरेको छ ।

त्रिवि कार्यकारी परिषद्को २०७४ मङ्सिर १२ गतेको बैठकको निर्णयबाट जारी त्रिवि एलुम्नाई एशोसिएशन नेपालको निर्देशिका २०७४ बमोजिम त्रिवि एलुम्नाई एशोसिएशन नेपाल क्रियाशील छ । हाल यस संस्थामा २५५ भन्दा बढी आजीवन सदस्य आबद्ध छन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्