ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

कामपा र मेलम्चीबीच भगिनी सम्बन्ध

२०७७ पौष, २३  
वाग्मती प्रदेश
NA

सिन्धुपाल्चोक । काठमाडौं महानगरपालिका र मेलम्ची नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना भएको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्य र नगरपालिकाका प्रमुख डम्बर अर्यालले बुधवार सोसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । कामपाले यसअघि मुलुकका रामग्राम र चन्दननाथ नगरपालिकाका साथै चीन, जापान, बेलारुस, म्यान्मा, दक्षिण र प्रजग कोरिया, भारतका गरी १२ शहर तथा मेलम्चीले इटालीको रोभरिटो नगरपालिकासँग भगिनी सम्बन्ध राखिसकेका छन् ।

सो समझदारीसँगै कामपाले निर्माणाधीन मेलम्ची नगरोद्यानका लागि सहयोग गर्ने भएको छ । यसका लागि समेत दुई नगरबीच सम्झौता भएको छ । उद्यान मेलम्ची–१० मा निर्माण हुनेछ । इन्द्रावती नदीको किनारमा बन्ने उक्त उद्यानमा पानीको फोहोरा, हेलिप्याड, बालबालिकाका लागि खेलकूद मैदानलगायत हुनेछ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्