ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

शर्मा एन्ड कम्पनीले मनायो वार्षिकोत्सव

२०७७ पौष, २३  
बजार
Image Not Found

काठमाडौं (अस) । देशको पूर्वाधार निर्माणमा अग्रणी शर्मा एन्ड कम्पनी प्रालिले ५५ औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सव अवसरमा रक्तदान तथा खाद्यान्न वितरण कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ ।

२०२२ सालमा विधिवत् सञ्चालनमा आएको कम्पनीले देशका महत्वपूर्ण निर्माण आयोजना सम्पन्न गरी हस्तान्तरण गरेको संस्थाका प्रबन्ध निर्देशक रमेश शर्माले बताए । कम्पनी मातहत हाल ५ सय ९ बेडको वीर अस्पतालको भवन, मेडिसिटी अस्पताल, महान्यायाधिवक्ताको कार्यालय, सिटीसेन्टर, सेन्टर पार्क, मेलम्ची खानेपानी आयोजनाको १ सय ५० मिटर पाइप बिच्छयाउनेलगायत महत्वपूर्ण परियोजना सञ्चालन भइरहेका छन्  ।

कम्पनीले ५० लाख रुपैयाँको अक्षय कोष स्थापना गरी सामाजिक कार्य गरिरहेको शर्माले बताए । ५५ औं वार्षिकोत्सव अवसर पारेर नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा गरिएको रक्तदान कार्यक्रममा करिब १ सय २५ जनाले रक्तदान गरेका थिए भने ७५ जना अशक्त तथा असहायलाई खाद्यान्न वितरण गरिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्