काठमाडौं (अस) । विद्युतीय गाडी बिक्रेता कम्पनी दिगोले कलाकार मदनकृष्ण श्रेष्ठलाई आफ्नो ब्रान्ड दूत (ब्रान्ड अम्बासडर) नियुक्त गरेको छ । श्रेष्ठ दिगो ब्रान्डका सबै रेन्जका विद्युतीय गाडीको प्रचारको भूमिकामा रहनेछन् ।
‘ई–मोबिलिटीको आर्थिक र वातावरणीय फाइदा निकै ठूलो छ । हामीले विद्युतीय सवारी साधनलाई प्रवद्र्धन गर्दै वातावरणीय हिसाबले दिगो नेपालको मार्ग प्रशस्त गर्न सक्छौं । भविष्यलाई त्यसतर्फ लैजाने प्रतिबद्धता जनाउन सक्यौं भने मात्र शून्य उत्सर्जन सम्भव छ । दिगो विकास र नेपालीको स्वास्थ्यसँग मेल खाने अवधारणा बोकेको दिगोसँग साझेदारी गर्न पाउँदा खुसी छु,’ श्रेष्ठले भने । श्रेष्ठसँगको सहकार्यले दिगो गाडीको बजार प्रवद्र्धन थप सहयोग पुग्ने कम्पनीका सीईओ हेमन्त पुरानिकले विश्वास व्यक्त गरे ।