ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

लक्ष्मी बैंक–थुलुङ दूधकोसी गाउँपालिका सम्झौता

२०७७ पौष, २३  
शेयर / बैङ्किङ गतिविधि
Image Not Found

काठमाडौं (अस) । लक्ष्मी बैंकले सोलुखुम्बु जिल्लाको थुलुङ दूधकोसी गाउँपालिकासँग सहुलियतपूर्ण कर्जा प्रवाहसम्बन्धी सम्झौता गरेको छ । सम्झौतापछि गाउँपालिकाको सहजीकरण एवं सिफारिसमा स्थानीय उद्यमी, सहकारीलगायत अन्य संघ–संस्थाहरुले बैंकबाट सहुलियत दरमा कर्जा प्राप्त गर्न सक्नेछन् ।

सम्झौतामा लक्ष्मी बैंकका रिटेल फाइनान्सियल सर्भिस प्रमुख दीपेश अमात्य तथा थुलुङ दूधकोसी गाउँपालिका अध्यक्ष असीम राईले हस्ताक्षर गरे । गाउँपालिकाका कृषि तथा पर्यटनलगायत सम्भाव्य क्षेत्रमा कर्जा लगानी गर्न तत्पर रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाहले बताए ।

सम्झौताले स्वरोजगार तथा उद्यमशीलता विकास गरी आर्थिक रूपमा सबल गाउँपालिका निर्माण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्