ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सनराइजका ग्राहकलाई भिभान्त काठमाडौंमा विशेष छुट

२०७७ पौष, २३  
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडौं (अस) । सनराइज बैंकले ग्राहक सुविधालाई दृष्टिगत गरेर अस्पताल, रेस्टुरेन्ट तथा विभिन्न क्षेत्रमा विशेष छुटसहितका सुविधा उपलब्ध गराउँदै आएको छ ।

यसलाई निरन्तरता दिँदै बैंकले होटल क्षेत्रमा विभिन्न छुट दिने उद्देश्यसाथ होटल भिभान्त काठमाडौंसँग बैंकका ग्राहकलार्ई विशेष छुट प्रदान गर्न सम्झौता गरेको छ ।

सम्झौताअनुसार बैंकका ग्राहकले भिभान्त काठमाडौंको मिन्ट र आकारी रेस्टुराँमा खाना र हल्का पेय पदार्थको भुक्तानी सनराइज बैंकको क्रेडिट तथा डेबिट कार्डमार्फत गर्दा १० प्रतिशतको छुट लिन सक्नेछन् ।

‘स्मार्ट बनौं, डिजिटल बैंकिङ गरौं’ अभियानस्वरुप ग्राहकलाई नगद कारोबारबाट डिजिटलमा जान उत्प्रेरित गरिँदै आएको बैंकले बताएको छ ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्