पुस २३, काठमाडौं । पुस १ गतेदेखि पुस १५ गतेसम्म विक्रि खुल्ला गरिएको ८ दशमलव ५० प्रतिशत ब्याजदर भएको १० वर्षे सानिमा बैंकको ऋणपत्र बाँडफाँड भएको छ ।
उक्त अवधिभित्र रितपूर्वक आवेदन दिएका आवेदकहरुलाई गत मंगलबार धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक, निष्कासनकर्ता कम्पनीको प्रतिनिधि तथा सार्वसाधारणहरुको उपस्थितिमा ऋणपत्र बाँडफाँड गरिएको हो । बैंकको सञ्चालक समितिले भने बुधवार (पुस २२ गते) बाँडफाँडलाई अनुमोदन गरेको थियो ।
बाँडफाँड सम्बन्धी विवरण आवेदकहरुले सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट सञ्चालित मेरो शेयरबाट हेर्न सक्ने छन् । साथै सम्पूर्ण सि–आस्वा सदस्यहरुले बाँडफाँडमा नपरेको डिबेञ्चर वापतको बाँकी रकम सम्वन्धित आवेदकहरुको बैंक खाता फुकुवा गरिदिन पनि सानिमा बैंकले अनुरोध गरेको छ ।
सानिमा बैंकले १ हजार रुपियाँ अंकित मूल्यका कुल ४ अर्ब रुपियाँ बराबरको ४० लाख कित्ता ऋणपत्र खुल्ला गरेको थियो । यो ऋणपत्रमा न्यूनतम २५ कित्ता र अधिकतम १६ लाख कित्ता आवेदन दिन पाईने व्यवस्था गरिएको थियो ।