पुस २३, काठमाडौं । विभिन्न स्थानमा रहेका ४ ओटा लघुवित्त संस्थाहरु एनआरएन लघुवित्त वित्तीय संस्थामा मर्ज भएपश्चात एनआरएनको नाम र लोगो परिवर्तन भएको छ ।
रामारोशन, क्रिएटिभ, दिव्य र किसान माइक्रोफाइनान्स एनआरएनमा मर्ज भएपश्चात् साविकको एनआरएन लघुवित्त वित्तीय संस्थाको नाम किसान लघुवित्त वित्तीय संस्था लिमिटेड कायम भएको छ भने लोगो पनि सोही अनुसार परिवर्तन गरिएको छ ।
यो सँगै साविकका यी संस्थाहरु एक आपसमा मर्ज भएपछि सम्पूर्ण चलअचल सम्पत्ति तथा तिर्नु वा व्यहोर्नु पर्ने कर, दायित्व आदि परिवर्तित नाम किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले व्यहोर्ने छ ।