ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सनराइज क्यापिटलको १०औं साधारण सभा माघ १६ गते, १५ प्रतिशत नगद लाभांश पारित हुने 

२०७७ पौष, २३  
लगानी
Image Not Found

पुस २३, काठमाडौं । सन्राइज क्यापिटल लिमिटेडको १० औं वार्षिक साधारणसभा आगामी माघ १६ गते हुने भएको छ । कम्पनीको गत १६ गते बसेको सञ्चालक समितिको बैठकले सन्राइज क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाडौंमा दिउँसो २ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो । 

सभाले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै सभाले हाल कायम सञ्चालक समितिले सिफारिस गरे बमोजिम कम्पनीको नियमावलीको दफा २७ (२) संशोधन गरी ३ जना संस्थापक सञ्चालक तथा २ जना स्वतन्त्र सञ्चालक कायम गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 

सभाले आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नेछ । त्यस्तै सभाले लेखापरीक्षकको प्रतिवेदनसहित २०७७ असार मसान्तको वासलत र सोही अवधिको नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण उपर छलफल गरी पारित गर्नेछ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्