पुस २३, काठमाडौं । तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडको १४औं वार्षिक साधारणसभा आगामी माघ १५ गते बिहीवार हुने भएको छ । कम्पनीको बुधवार बसेको सञ्चालक समितिको बैठकले विहान ११ बजे अम्रपाली कटेज एण्ड रेष्टुरेण्ट प्रा.लि., बुटवलमा सभा आयोजना गर्ने निर्णय गरेको हो ।
सभाले हाल कायम रहेको चुक्तापूँजीको ६ प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । हाल बैंकको चुक्तापूँजी रु. १ अर्ब ८१ करोड ३१ लाख रुपैयाँ रहेको छ ।
त्यस्तै सभाले तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले प्राप्ति गर्ने सम्बन्धी प्रस्ताव पनि पारित गर्नेछ । प्राप्ति प्रयोजनको लागि मुल्यांकनकर्ताले तयार गरेको तिनाउ मिसन डेभलपमेण्ट बैंकको चल अचल सम्पत्ति तथा दायित्व मूल्यांकन प्रतिवेदनसमेतको आधारमा निर्धारण गरिएको उक्त बैंकको शेयर मूल्य पारित गरी सिटिजन्स बैंकले उक्त बैंकलाई प्राप्ति गरेपश्चिात् शेयर अनुपात १ः०.९६ गर्ने कार्यलाई अन्तिम स्वीकृति प्रदान गर्नेछ ।
वार्षिक साधारण सभा प्रयोजनको लागि माघ २ गते एक दिन शेयरधनी दर्ता किताब बन्द रहनेछ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा माघ १ गतेसम्म कारोबार गरेका शेयरधनीहरुले सभामा भाग लिनका साथै बोनश शेयर प्राप्त गर्ने छन् ।