पुस २३, काठमाडौं । आकाश क्यापिटल लिमिटेडको दोस्रो साधारण सभा पुस २९ गते हुने भएको छ ।
कम्पनीले ट्रेड टावर, थापाथली, काठमाडौंमा दिउँसो २ बजेका लागि सभा बोलाएको हो । कम्पनीको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो ।
सभाको प्रस्तावमा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी स्वीकृत गर्ने, लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने र कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने रहेको छ ।