पुस २३, काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ ।
कम्पनीको बुधवार बसेको सञ्चालक समितिको बैठकले ३१ दशमलव ५८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । कम्पनीले २५ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि ६ दशमलव ५८ प्रतिशत नगद लाभांश वितरण गर्ने छ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि मात्र वितरण हुनेछ । हाल कम्पनीको चुक्तापूँजी रू. ५० करोड ४ लाख १५ हजार छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश प्रस्ताव गरेको हो ।