पुस २३, काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ ।
कम्पनीको बुधवार बसेको सञ्चालक समितिको बैठकले १५दशमलव ७९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । कम्पनीले १५ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश वितरण गर्ने छ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक तथा कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् । हाल कम्पनीको चुक्तापूँजी रू. ११ करोड ७ लाख ४५ हजार छ । सोही पूँजीको आधारमा प्रस्तावित लाभांश वितरण हुनेछ ।