पुस २३, काठमाडौं । बिहीवार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । स्थानिय बजारमा बिहीवार सुनको भाउ रू. १ हजार ३०० ले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार छापावाला सुन प्रतितोला रू. ९५ हजार ४०० मा कारोबार भएको छ । बुधवार छापावाला सुनको मूल्य प्रतितोला रू ९६ हजार ७०० मा कारोबार भएको थियो । बुधवारको तुलनामा बिहीवार छापावाला सुन प्रतितोला रू. १ हजार ३०० ले घटेको हो ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९४ हजार ९०० मा कारोबार भएको छ । बुधवार तेजाबी सुन प्रतितोला रू. ९६ हजार २०० मा कारोबार भएको थियो ।
यस्तै, बिहीवार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । बुधवार प्रतितोला रू. एक हजार ३४० मा कारोबार भएको चाँदी बिहीवार प्रतितोला रू. १ हजार ३३० खरीदविक्री भइरहेको छ । बुधवारको तुलनामा बिहीवार चाँदी रू. १० ले घटेको हो ।