ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

२१९०.३२ विन्दुमा नेप्से परिसूचक (१२ बजेको अपडेट)

२०७७ पौष, २३  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

पुस २३, काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीवार कारोबार भएको पहिलो घण्टामा नेप्से परिसूचक ११ दशमलव ७५ अंकले बढेर २ हजार १९० दशमलव ३२ विन्दुमा पुगेको छ ।   

२ हजार १८१ दशमलव २७ विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा शून्य दशमलव ८२ प्रतिशतले बढेको हो ।  

पहिलो घण्टाको अवधिमा १९२ ओटा कम्पनीको १० हजार २८४ पटकको कारोबारमा २१ लाख ६९ हजार ५७९ कित्ता शेयरको रू. १ अर्ब १४ करोड ७ लाख ९४ हजार बराबरको खरीदविक्री भएको छ ।

पहिलो घण्टामा कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये होटल्स र म्युचुअल फण्ड समूहको परिसूचक शून्य दशमलव १५ र शून्य दशमलव शून्य ५ प्रतिशतले घटेको छ भने बाँकी बैंकिङ, व्यापार, विकास बैंक, जलविद्युत, वित्त, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त र जीवन बीमा समूहको परिसूचक बढेको छ ।

कारोबारको पहिलो घण्टामा नारायणी विकास बैंकको शेयरमूल्य सर्वाधिक ९ दशमलव ९१ प्रतिशतले वृद्धि भएर प्रतिकित्ता शेयरमूल्य रू. ६३२ कायम भएको छ ।

यस अवधिसम्म प्रभु बैंकको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ९ करोड ५२ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. ३७५ मा कारोबार भइरहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्