ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सनराइज बैंकसहित ५ ओटा कम्पनीको साधारण सभा शुक्रवार हुँदै 

२०७७ पौष, २३  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

पुस २३, काठमाडौं  । सनराइज बैंकसहित ५ ओटा कम्पनीको साधारण सभा शुक्रवार हुने भएको छ ।

स्ट्याण्डर्ड चार्टड बैंक, सनराइज बैंक, आरएसडिसी लघुवित्त वित्तीय संस्था,महिला लघुवित्त वित्तीय संस्था र सान्जेन जलविद्युत् कम्पनीको साधारण सभा हुन लागेको हो ।  स्ट्याण्डर्ड चार्टर्ड बैंकले एभरेष्ट होटल नयाँ बानेश्वरमा विहान १२ः१५ मा साधारण सभा बोलाएको छ ।

सभाले ७ प्रतिशत बोनस शेयर र ४ दशमलव ८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । उक्त कम्पनीको लाभांश पुस ८ गते सम्म कायम शेयरधनीले पाउनेछन् । 

त्यसैगरी आरएसडिसी लघुवित्त वित्तीय संस्थाले एशियन होटल बुटवलमा बिहान ९ बजे साधारण सभा बोलाएको हो । सभाले ९ प्रतिशत बोनस शेयर र ३ दशमलव ६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । 

उक्त कम्पनीको लाभांश पुस ९ गते सम्म कायम शेयरधनीले पाउनेछन् । सनराइज बैंकले अम्रपाली ब्याक्वेंट काठमाडौंमा बिहान १० बजे साधारण सभा बोलाएको छ । सभाले ५ दशमलव ८ प्रतिशत बोनस शेयर २ दशमलव ४८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । उक्त कम्पनीको लाभांश पुस ६ गतेसम्म कायम शेयरधनीले पाउनेछन् ।

महिला लघुवित्त वित्तीय संस्थाले केन्द्रीय कार्यालय काभ्रेमा बिहान ११ बजे साधारण सभा बोलाएको छ ।सभाले शेयरको प्रारम्भिक सार्वजनिक निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी सान्जेन जलविद्युत् कम्पनीले पनि बिहान ११ बजे साधारण सभा बोलाएको छ ।

सभा चिलिमे जलविद्युत् कम्पनीको सभाहल धुम्रबाराहीमा हुने बताएको छ । सभाले आव २०७६/ ७७ को वार्षिक प्रतिवेदन पारित गर्नेछ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्