पुस २३, काठमाडौं । बिहीवार कारोबार भएको दोस्रो घण्टामा नेप्से परिसूचक २० दशमलव ६३ अंकले बढेर २ हजार १९९ दशमलव २० विन्दुमा पुगेको छ । यस अवधिमा परिसूचक शून्य दशमलव ९५ प्रतिशतले बढेको हो ।
दोस्रो घण्टाको अवधिमा २०२ ओटा कम्पनीको रू. २ अर्ब ५३ करोड ४४ लाख १४ हजार बराबरको खरीदविक्री भएको छ ।
दोस्रो घण्टामा कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये जलविद्युत समूहको परिसूचक शून्य दशमलव ३ प्रतिशतले घटेको छ भने बाँकी बैंकिङ, व्यापार, होटल्स, विकास बैंक, वित्त, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त, जीवन बीमा र म्युचुअल फण्ड समूहको परिसूचक बढेको छ ।
यस अवधिसम्म प्रभु बैंकको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. १८ करोड ३१ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. ३८३ मा कारोबार भइरहेको छ ।
कारोबार रकमकै आधारमा सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीमा हिमालयन डिष्टिलरी रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता रू. ४ हजार २०५ मा रू. १४ करोड ८ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।