ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

चितवनमा नयाँ वर्षमा नयाँ होटलहरु खुल्ने क्रम बढ्दै

२०७७ पौष, २३  
वाग्मती प्रदेश
Image Not Found
author avatar अभियान संवाददाता


पुष २३, चितवन । चितवनमा अंँग्रेजी नयाँ वर्ष लागेसंँगै नयांँ होटलहरु खुल्ने क्रम बढ्दै गएको छ । कोरोनाको प्रभाव कम हुँदै गएपछि र आन्तरिक पर्यटकको गतिविधि शुरु भएसंँगै होटल, रिसोर्ट, रेष्टुरेट सञ्चालनमा ल्याईएका हुन् ।

नयाँ वर्षको अवसर पारेर जिल्लाका  भरतपुर, सौराहा, पटिहानी लगायतका क्षेत्रहरुमा नयाँ होटलहरु सञ्चालनमा आएका छन्  । कतिपय पर्यटन व्यवसायीले नयांँ व्यवस्थापन र पूर्वाधार निर्माण गरेर पनि सेवा  शुरु गरेका छन् । 

भरतपुर गार्डेन रिसोर्टका प्रबन्ध निर्देशक घिमिरे तेजप्रसाद घिमिरे नयाँ वर्षमै निर्माणको काम सकिएको र आन्तरिक पर्यटन र अन्य कार्यक्रमका गतिविधि शुरु भएकोले नयाँ वर्षबाट होटल सञ्चालनमा ल्याइएको बताउँछन् ।

‘हाम्रो होटल रेष्टुरेण्टको फिनिसिङ्ग पनि हालै भयो’, उनले भने, ‘विभिन्न संस्थाका कार्यक्रम, सेमिनारको बुकिङ्ग पनि बढ्यो ।’ विस्तारै पर्यटन व्यवसायमा नयाँ आशा र उत्साह बढेको र यस व्यवसायलाई चलायमान बनाउन पनि नयाँ वर्षनै उत्तम भएको उनले बताए ।

यो रिसोर्ट गत दशैंमानै सञ्चालनमा ल्याउने तयारी भएपनि निर्माण सामग्री  र जनशक्तिको अभावमा रोकिएको थियो ।

त्यस्तै भरतपुरमै रहेको अर्को होटल भरतपुर टाउन रेजिडिेन्सी होटल पनि यही अंग्रेजी नयाँ वर्षबाट सञ्चालनमा ल्याइएको छ । ‘हाम्रो खोल्ने लक्ष्य त नेपाली नयाँ वर्ष अघिनै हो । प्राविधिक तथा आर्थिक कारणले अंग्रेजी नयाँ वर्षमा जुर्यो’, होटलका अध्यक्ष भोजबहादुर खड्काले भने ।

उनले लकडाउनका कारण होटलको निर्माण सम्पन्न गर्न नसकिएकोले अहिलेबाट शुरु गर्नुपरेको बताए । भरतपुरमा मात्रै नयाँ वर्षको अवसर पारेर साना ठूला गरी झण्डै आधा दर्जन होटल तथा रेष्टुरेण्ट सञ्चालनमा ल्याइएका छन । 

सौराहामा पनि नयांँ बर्षमा नयाँ होटल रेष्टुरेण्ट खुल्ने र पुर्ननिर्माण गरेर सञ्चालन गर्नेको संख्या बढ्दै गएको छ । कतिले आफ्नो व्यवसायको शाखासमेत विस्तार गरेका छन ।्
सन् २०१९ वर्ष संसारकै लागि दुखित वर्ष भएको र नयाँ वर्षको शुरुवातसँगै नयाँ उमंग र उत्साहसहित नयाँ व्यवसाय सञ्चालनमा ल्याइएको कतिपय व्यवसायीको भनाइ छ । अनुषाज रेष्ट्रोका सञ्चालिका तथा वुमेन चेम्बर, चितवनकी अध्यक्ष अनुषा पाठकले नयाँ वर्षमा नयाँ सोच र नयाँ व्यवस्थापनसहित शाखा विस्तार गरेको बताइन् ।

‘मेरो लकडाउन अघिनै भरतपुर टेकअवे सिष्टमको, नवलपरासी शाश्वत धामको रेष्टुरेण्ट एकैपटक सञ्चालन गर्ने योजना थियो । अब अहिले बल्ल सबै कुरा जुरेको छ’, उनले भनिन् । 
 हाल पाठकले सौराहामा नयाँ वर्षको शुरुवातीसँगै आफ्नो रेष्टुरेण्टको शाखा  सञ्चालनमा ल्याएकी छिन् । 

सौराहामानै रहेको अर्को होटल सफारी वाइल्ड लाइफ पनि नयांँ व्यवस्थापन र पुर्नसंरचना निर्माण गरी नयाँ वर्षबाटनै सञ्चालनमा आएको छ । उनले लकडाउनले गर्दा घुम्ने र खाने वातावरण नभएको र  त्यो समयमा व्यवस्थापन  र होटलको सेवा सुविधालाई विस्तार गरेर उपयोग गरिएको होटलका प्रबन्ध निर्देशक विश्वेता क्षेत्रीले बताइन् । ‘जे काम शुरु गर्दा पनि नयाँ वर्षनै रोजिन्छ, अहिले पर्यटक सिजनपनि हो, कोरोनाको त्रास पनि कम छ, संयोग पनि परेको छ’, क्षेत्रीले भनिन् । 

 उनका अनुसार यस अवधिमा  सेमिनार हल, कटेज तथा रेष्टुरेण्ट बार तथा आवासीय सुविधा थप व्यवस्थित र विस्तार  गरिएको छ । 

नयाँ वर्षमा होटल, रिसोर्ट र रेष्टुरेण्ट खोल्नु नयांँ विषय नभएपनि भ्रमण वर्ष २०२० लाई लक्षित गरि सञ्चालनमा आउन लागेका होटलहरु कोरोना प्रभाव कम भएपछि नयाँ बर्षको अवसरमा सञ्चालनमा ल्याइएका हुन्  ।  पर्यटनविज्ञ डा विश्व सुवेदी नयाँ वर्षमा आन्तरिक पर्यटकको चहलपहल बढ्ने भएकोले पनि यही मौका पारेर नयांँ होटल तथा पुराना होटल सञ्चालनमा आएको बताउँछन् । 

‘यो बेला नयाँ वर्षमा घुमौं, खाऔं । रमाइलो गरांै भन्ने पर्यटकको ईच्छा पनि हुन्छ । नयाँ वर्षबाट सञ्चालनमा ल्याउंँदा व्यवसायीलाई सकारात्मक सोच पनि उत्पन्न गराउंँछ होला’, बनिसकेका होटल र निर्माणाधीन होटल सम्पन्न गरेर चलाउनुको विकल्प नरहेकोले नयाँ वर्षमै सञ्चालनमा ल्याइएको डाक्टर सुबेदीको भनाइ छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्