ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

एनआईसी एशिया बैंकको स्वामित्वका ४ ओटा कम्पनीको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन शुक्रवार

२०७७ पौष, २३  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

पु्स २३, काठमाडौं । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेका चार ओटा कम्पनीको लिलामी शेयर आवेदन गर्ने अन्तिम दिन शुक्रवार बैकिङ समयसम्म रहेको छ ।

उक्त कम्पनीले नागरिक लगानी कोषको ३ लाख २ हजार ५६० कित्ता,नेशनल लाइफ इन्स्योरेन्सको १ लाख ३ हजार ९७६ कित्ता , सूर्या लाइफ इन्स्योरेन्सको १ लाख ९० हजार ३७४ कित्ता र एशियन लाइफ इन्स्योरेन्सको १ लाख ३० हजार २९० कित्ता शेयर पुस १९ गतेदेखि विक्री ल्याएको हो । 

कोषको शेयरमा न्यूनतम शेयर मूल्य रू.१ हजार ७१५, नेशलन लाइफ इन्स्योरेन्सको रू.५५०, एशियन लाइफ इन्स्योरेन्सको रू.४६९ र सूर्या लाइफ इन्स्योरेन्सको रू.३३७ तोेकिएको छ । 
आवेदकले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।  

आवेदकले विक्री प्रबन्धकका साथै एनआईसी एशिया बैंकको कार्यालय ट्रेड टावर,थापाथली तथा विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, धनगढी र सुर्खेत  शाखा कार्यालयहरुबाट बोलपत्र पेश गर्न सक्नेछन् ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्