ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सिटीजन्स बैंक इन्टरनेशनलको विशेष साधारण सभा माघ १५ मा

२०७७ पौष, २३  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

पुस २३, काठमाडौं । सिटीजन्स बैक इन्टरनेशनलले विशेष साधारण सभा माघ १५ गते गर्ने भएको छ ।  

कम्पनीले बैंकको प्रधान कार्यालय रहेको नारायणहिटी पथ, दरबारमार्गमा बिहान ११ बजे गर्ने जानकारी दिएको छ ।

सभाले यस सिटीजन्स बैंकले तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारित गर्नेछ । तिनाउ मिसन डेभलपमेण्ट बैंकको १०० कित्ता बराबर सिटीजन्स बैंकको ९६ कित्ता शेयर (१०० : ९६) शेयर मूल्य अनुपात कायम गर्ने  प्रस्ताव पनि पारित गर्नेछ । 

तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई प्राप्तिपछि बैंकको चुक्तापूँजी रू. ११ अर्ब ६६ करोड २० लाख पुग्नेछ । बैंकको पुस २२ गते बसेको सञ्चालक समितिको बैठकले विशेष साधारण सभा गर्ने निर्णय गरेको हो । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्