ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

डेढ करोडको लागतमा दोलखामा खेल मैदान निर्माण सम्पन्न

२०७७ पौष, २३  
वाग्मती प्रदेश
Image Not Found
फाइल फोटो

पुस २३, दोलखा । दोलखाको तामाकोशी गाउँपालिका–५ शहरेमा पालिकास्तरीय खेल मैदान निर्माण सम्पन्न भएको छ । 

तामाकोशी गाउँपालिकाको करीब रू. डेढ करोडको लागतमा खेल मैदान निर्माण सम्पन्न भएको गाउँपालिका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले जानकारी दिए ।

बोलपत्र प्रक्रियामार्फत निर्माणको जिम्मा पाएको शंकर निर्माण सेवाले समयमै काम सम्पन्न गरेको हो । राष्ट्रियस्तरको खेलकूद आयोजना गर्नका लागि आवश्यक पर्ने मापदण्डअनुसार ११० मिटर चौडाइ र १२० मिटर लम्बाइको खेल मैदान रहेको छ  । 

उनले खेल मैदान निर्माण भएसँगै विभिन्न खेलकूदका कार्यक्रम आयोजना गर्नका लागि सहज भएको बताए । गाउँपालिकाले युवालक्षित र खेलकूदलाई विशेष प्राथमिकता दिएको छ । अन्य क्षेत्रमा जस्तै खेलकूदमा पनि विकास गराउने उद्देश्यले गाउँपालिकाले सबै वडामा खेल मैदान निर्माण गरिरहेको छ । 

पालिकाले अन्य विकासका योजना साथै खेलकूदलाई समेत प्राथमिकत दिएर नीति तथा कार्यक्रमअन्तर्गत समेटी योजना नै बनाई काम गरिरहेको छ । यस वर्षसमेत खेलकूद विकासका लागि रू. एक करोड १५ लाख रकम विनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत निमेश मिश्रले जानकारी दिए । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्