ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

ज्योति विकास बैंकको संस्थापक शेयर विक्रीमा 

२०७७ पौष, २३  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

पुस २३, काठमाडौं । ज्योति विकास बैंकले संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले केही संस्थापक शेयरधनीहरुको नाममा रहेको संस्थापक शेयर विक्री गर्ने जानकारी गराएको हो । 

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार पहिलो प्राथमिकता बैंककै संस्थापक शेयरधनीलाई दिनुपर्ने भएकाले ईच्छुक शेयरधनीले यो सूचना प्रकाशित गरेको ३५ दिन भित्र आवश्यक कागजपत्र संकलन गरेर बुझाउन अनुरोध गरेको छ । 

उक्त समयमा कायम संस्थापक शेयरधनीको निवेदन पेश हुन नआएमा प्रचलित नियम अनुसार अन्य व्याक्तिलाई विक्री गर्ने कम्पनीले उल्लेख गरेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्