ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

तीन दिनको धितोपत्र कारोबारको राफसाफ चक्र दुई दिनमा झार्ने तयारी 

२०७७ पौष, २३  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

पुस २३, काठमाडौं । धितोपत्र कारोबारमा हाल कायम रहेको तीन दिनको राफसाफ चक्रलाई दुई दिनमा झार्ने तयारी भएको छ । 

नेपाल धितोपत्र बोर्ड (सेवोन)ले धितोपत्र कारोबारको राफसाफ तथा फर्छ्यौट चक्र दुई दिनमा झार्ने तयारी गरेको हो । यस वर्षको नीति तथा कार्यक्रममा भएको यो व्यवस्थालाई बोर्डले माघदेखि कार्यान्वयनमा लैजाने तयारी गरेको हो । 

बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले कारोबार राफसाफ चक्र दुई दिन कायम गर्ने गरी नियमावली संशोधनको तयारी भएको जानकारी दिए । सम्भवत: पुस महीनाभित्रै नियमावली संशोधन गरी कार्यान्वयनका लागि सिडिएस एण्ड क्लियरिङ लिमिटेडलाई निर्देशन दिने ढुङ्गानाको भनाइ छ । 

धितोपत्र बजार पूर्ण अनलाईन कारोबार प्रणालीमा गइसकेकाले अब राफसाफ प्रणालीलाई पनि छिटो र प्रभावकारी बनाउन आवश्यक रहको उनको भनाइ छ । अब पहिलाको जसरी आफूले विक्री गरेको शेयर ट्रान्सफर गर्न ब्रोकर अफिस नै धाउनुपर्ने अवस्था नरहेको र ब्रोकरहरुले पनि आईपीएस मार्फत रकम हस्तान्तरण गर्ने वातावरण बनिसकेकाले यो व्यवस्था कार्यान्वयनमा समस्या नहुने बोर्डको विश्वास छ ।

बोर्डको यस वर्षको नीति तथा कार्यक्रममा पनि धितोपत्र कारोबार राफसाफ तथा फर्छ्यौट प्रणालीलाई २ दिनेमा झार्ने योजना समावेश थियो । नेपालको पूँजीबजारमा दुई दिनभित्र कारोबारको राफसाफ गर्न सकिने वा नसकिने भन्ने विषयमा अध्ययन अनुसन्धान पछि बोर्डले उक्त प्रणाली लागू गर्ने तयारी गरेको बताएको छ । यस अघि धितोपत्र बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) की उपप्रबन्धक प्रवीण पन्धाकको संयोजकत्वमा कारोबार राफसाफ चक्र घटाउने विषयमा अध्ययन तथा अनुसन्धानका लागि कमिटी गठन गरिएको थियो । 

उक्त कमिटीले पनि दुई दिनभित्र झार्दा उपयुक्त हुने सुझाब सहितको प्रतिवेदन बुझाएको थियो । धितोपत्र कारोबारको राफसाफ गर्दै आएको सिडिएस एण्ड क्लियरिङ लिमिटेडले पनि दुई दिनको राफसाफका लागि मोडालिटी तयार गरिसकेको बताएको छ । 

हाल धितोपत्र कारोबार गरेको तीन दिनभित्र राफसाफ गरिसक्नुपर्ने व्यवस्था छ । उक्त व्यवस्था बमोजिम शेयर विक्री कर्ताले आफूले विक्री गरेको शेयर बराबरको रकम तीन दिनभित्र पाइसक्नु पर्नेछ भने खरीद कर्ताको शेयर खातामा पनि तीन दिनभित्रै शेयर जम्मा भइसक्नु पर्नेछ । अबको व्यवस्थामा यी कार्य दुई दिनभित्र भइसक्नु पर्नेछ । 

प्रतिक्रिया [1]
User Image

Hem

[Jan 8, 2021 01:22am]

Ramro...!


प्रतिक्रिया दिनुहोस्