ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

१० खर्ब डलरमाथि उक्लियो क्रिप्टोकरेन्सीको बजार पूँजीकरण 

२०७७ पौष, २३  
अन्तरराष्ट्रिय
Image Not Found

पुस २३, वाशिङटन डीसी (अमेरिका) । भर्चुअल मुद्रा बिट्क्वाइनको भाउ ३८ हजार डलरको कीर्तिमानी उचाईमा उकिलएको छ ।

हालैका दिन क्रिप्टोकरेन्सीको भाउमा भइरहेको तीव्र वृद्धिले निरन्तरता पाएसँगै बिहीवार बिट्क्वाइनको भाउले नयाँ उचाई छोएको हो । 

बिट्क्वाइनको भाउमा भएको वृृद्धिसँगै समग्र क्रिप्टोकरेन्सीको बजार पूँजीकरण पनि पहिलो पटक १० खर्ब डलर माथि उक्लिएको छ । बिहान ७ बजे बिट्क्वाइनको भाउले प्रतिगोटा ३८ हजार ८० डलरको उचाई छोएको छ । 

यो समाचार तयार पार्दासम्म नेपाली समयअनुसार साँझ ७ : २१ बजे भने क्वाइन डेस्कका प्रतिगोटा बिट्क्वाइनको भाउ ३८ हजार ३०० डलर २२ सेन्ट कायम भएको थियो । पछिल्लो वृद्धिसँगै बिट्क्वाइनको बजार पूँजीकरण भने ७ खर्ब डलरमाथि उक्लिएको छ । एजेन्सी
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्