ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

राजस्व बुझ्ने सबै बैंक शनिवार पनि खोल्न निर्देशन

२०७७ पौष, २३  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

पुस २३, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुलाई पुस २५ गते शनिवार पनि कार्यालय खुला गर्न निर्देशन दिएको छ । 

केन्द्रीय बैंकले सरकारको राजस्व संकलन गर्नका लागि बैंक तथा वित्तीय संस्थाका राजस्व संकलन गर्ने शाखा, काउण्टरहरु र नेपाल क्लियरिङ हाउस खुला गर्न निर्देशन दिएको हो ।  बैंकले बिहीवार सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो ।

बैंकहरुले शनिवार राजस्व संकलन गर्न कार्यालय खोलेसँगै आरटिजिएस प्रणाली  (विद्युतीय माध्यमबाट तत्कालै भुक्तानी गर्न सकिने) बाट पनि सेवा प्राप्त गर्न सकिने राष्ट्र बैंकले बताएको छ । 

यसअघि कार्यालय अवधिमा मात्र यस्तो प्रणालीको सुविधा दिदै आएकोमा  राजस्व संकलन गर्दा हिसाव मिलान गर्न पनि यो प्रणाली पनि सुचारु गर्न लागिएको हो । 
 


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्