पुस २३, काठमाडौं । अन्तर बैंक एटीएम प्रयोगमा माघ १ गतेदेखि शुल्क लाग्ने भएको छ । एउटा बैंकको एटीएम कार्ड प्रयोग गरेर अर्को बैंकको एटीएमबाट रकम झिक्दा शुल्क तिर्नुपर्ने नेपाल राष्ट्र बैंकले बताएको छ ।
बिहीवार परिपत्र जारी गर्दै केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुले अब २ पटकसम्म एक बैंकको एटीएम कार्ड अर्को बैंकमा प्रयोग गर्दा पनि शुल्क लिन भने नपाउने उल्लेख गरेको छ । त्यसबाहेक भने प्रतिकारोबार २० रुपियाँसम्म शुल्क लिन बैंक तथा वित्तीय संस्थाहरुले पाउनेछन् ।
यसअघि भने केन्द्रीय बैंकले कोरोना महामारीको असर रहेसम्म जुनसुकै बैंकको एटीमएमबाट पैसा निकाले पनि शुल्क नलिन निर्देशन दिएको थियो । उक्त निर्देशन खारेज गर्दै बैंक तथा वित्तीय संस्थहरुलाई साविककै व्यवस्था अनुसार शुल्क लिन राष्ट्र बैंकले भनेको हो ।